धनुषा, २५ चैत । लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मिनिया चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय २४ किलोग्रामसहित एक जना पक्राउ परेका छन् ।
मकवानपुर मनहरी गाउँपालिका–९ बस्ने ४० वर्षीय सन्त बहादुर दोङ्गलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी लक्ष्मीनियाबाट खटिएको प्रहरीले ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख ४२५१ नम्बरको ट्रक जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक सन्त बहादुरलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया