आगलागीबाट १७ लाखभन्दा बढीको क्षति

समाचार

रौतहट, २५ चैत । राजपुर नगरपालिका–९ बैरिया बस्ने रुपनरायण साह कानुको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा अन्य तीन जनाको घरसमेत जलेको छ ।

उक्त आगो फैलिएर कानू समेत अन्य ३ जना छिमेकीको घरमा आगलागी हुँदा करिब १७ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दमकल तथा स्थानिय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ