गाडीको ठक्करबाट एकको मृत्यु

समाचार

कपिलवस्तु, २६ चैत । वाणगंगा नगरपालिका–४ तिनकुने चोकस्थित सडकमा सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–३ सिउटी बस्ने ३६ वर्षीय राम मिलन चौधरीको मृत्यु भएको छ ।

शनिबार साँझ ठक्करबाट गम्भीर घाइते भएका उनको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल सवारी साधनसहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ