कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

समाचार

मोरङ, २६ चैत । विराटनगर महानगरपालिका–४ नेपाल आयल निगमस्थित सडकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बा.१–०२५ च ५४४६ नम्बरको कारले प्र.१–०२–०४० प ३२३२ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी बर्जु गाउँपालिका–४ बस्ने ४५ वर्षीय शिव कुमार गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ