नियन्त्रित लागूऔषधसहित पक्राउ

समाचार

सप्तरी, २६ चैत । अग्निसाईर कृष्णसावरण गाउँपालिका–२ चौफल टोलबाट नियन्त्रित लागूऔषध एक जना पक्राउ परेका छन् ।

लुपिजेसिक ८० एम्पुल, डाईजेपाम ७८ एम्पुल र फेनारगन ७५ एम्पुलसहित सोही ठाउँ बस्ने २२ वर्षीय सुनिल राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनले लागूऔषध ओसार पसार गरेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा उनको घर अगाडि रहेको करेसा बारीमा खाल्टो खनि राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ