दुई करोड मागेको अडियोबारे रास्वपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

समाचार

काठमाडौं, २६ चैत । व्यवसायी दुर्गा प्रसाई दुई करोड रुपैयाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले माग गरेको अडियो सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको छ ।

रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्य डा ढाकाकुमार श्रेष्ठलाई सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो ।

रास्वपाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका महान्त्री एवं प्रवक्ता डा मुकुल ढकालले छानबिन पूरा नभएसम्म सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्यका हैसियतमा काम नगर्ने÷नगराउन निर्देशन दिएको जानकारी दिए ।

स्वास्थ्यमन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवादबारे छानबिन गर्न तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ