उपराष्ट्रपति यादवद्वारा नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन

समाचार

काठमाडौं, २६ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल आँखा अस्पतालको स्वर्ण महोत्सव उद्घाटन गरेका छन् ।

आइतबार स्वर्ण महोत्सवको उपराष्ट्रपति यादवले उद्घाटन गर्दै देशका दुर्गम क्षेत्रमा आँखा उपचारको पहुँच पु¥याउन सबै क्षेत्र लाग्नुपर्ने बताएका हुन् ।

उनले अन्धोपनको न्यूनीकरण र आँखा सेवा विस्तारमा केही सफलता हासिल भए पनि दुर्गममा सेवा विस्तार अझै चुनौतीका रूपमा रहेको बताएका थिए ।

उनले नेपाल आँखा अस्पतालले विश्व स्वास्थ्य सङ्गठनको निर्दिष्ट सन् २०३० सम्म आँखा सेवामा निर्धारण गरेको लक्ष्य राष्ट्रिय रुपमा हासिल गर्न नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न प्रतिबद्ध भएको बताए ।

उनले आँखा उपचार सेवा, जनशक्ति उत्पादन एवं सामुदायिक कार्यक्रमबाट अन्धोपन न्यूनीकरणमा सबै आँखा अस्पतालले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसासमेत गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ