दुई महिनापछि मधेश प्रदेशसभाको बैठक बस्दै

समाचार

जनकपुरधाम, २७ चैत । करिब दुई महिनापछि मधेश प्रदेशको प्रदेशसभा बैठक आज सोमबार दिउँसो १ बजेदेखि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

सरकारले बिजनेस नदिँदा र राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनले प्रदेशसभा बैठक बोलाइएको थिएन । सोमबार हुने बैठकको कार्यसूची संसदीय दलको नेताहरुले बैठकभन्दा पूर्व तय गर्ने बुझिएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सरकारले खेलकुद सम्बन्धी एउटा मात्र विधेयक प्रदेश सभामा पठाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ