बारा २ केन्द्रित ‘स्वाभिमान यात्रा’ सुरु

समाचार

बारा, २७ चैत । बारा निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचनलाई केन्द्रित गरी जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ’स्वाभिमान यात्रा’ सुरू गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष डा. राउतको नेतृत्वमा आइतबारबाट स्वाभिमान यात्रा सुरू भएको हो ।

स्थानीय उम्मेदवारलाई जिताएर स्थानीय जनताको स्वाभिमान रक्षा गर्न स्वाभिमान यात्रा सुरू गरिएको जनमतका नेताहरुले जनाएका छन् ।

स्थानीय जनताको मान, सम्मान र स्वाभिमान रक्षाका लागि स्वाभिमान यात्रा बारा निर्वाचन क्षेत्र नम्बर २ का सबै ठाउँमा पुग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ