आगलागी पीडितलाई राहत र क्षतिपूर्ति दिन जनमतको माग

समाचार

रौतहट, २७ चैत । जिल्लाको माधवनारायण नगरपालिकाको विसुनपूर्वामा भएको आगलागीपीडितलाई उचित राहत र क्षतिपूर्ति दिन जनमत पार्टीले माग गरेको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिक सानुले यस्तो माग गरेका हुन् ।

आइतबार दिउँसो रौतहटको माधवनारायण नगरपालिकाको बिसुनपुर्वामा एउटा घरवाट सल्केको आगोले दुई दर्जन भन्दा बढी घर जलेर खरानी भएको थियो ।

नेता मल्लिकले भनेका छन्, ‘मधेशमा वर्षेनी घटने यस्तो अप्रत्यासित बिपदाका कारण अनाहकमा जनधनको क्षति भइरहँदा पनि स्थानीय सरकारहरू आकास्मिक सेवाका साधनहरुको खरिद अथवा जोहो नगरी विलासिताका साधनहरु खरिदमा लाखौं करौडौं खर्चीरहेका छन् । स्थानीय सरकारहरू झन जनउत्तरदायी हुनुपर्ने तर अफसोच यी स्थानीय सरकारका प्रतिनिधिहरु जनसरोकार विहिन छोटे राजा भएका छन् ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ