आगलागीमा तीन जनाको घर जल्यो

समाचार

सप्तरी, २८ चैत । कंचनरुप नगरपालिका–१ बैरवा टोल बस्ने बिनय खंगको घरमा खाना पकाउने क्रम्मा चुलोबाट आगो सल्की मंगलबार बिहान आगलागी हुँदा तीन जनाको जलेको छ ।

सोही ठाउँ बस्ने रामेश्वर खंग र धुरेन्द्र खंगको घरमा समेत आगो फैलिएर आगलागी हुँदा बिनय लगायत ३ जनाको अन्नपात, लत्ताकपडा, फर्निचर लगायतका सामान जलेर करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ