नरैनापुरमा बैशाख १ गते देखि बिद्यार्थी भर्ना अभियान संचालन गरिने

समाचार

बाँके, २८ चैत । ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ शुक्रबारदेखि बाँकेको नरैनापुर गाउँपालिकाको छ वटै वडामा एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु हुने भएको छ ।

नरैनापुर गाउँपालिकाको शिक्षा शाखा मार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गर्न लागिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताएका छन् ।

मंगलबार शिक्षा समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शाहले विद्यालय भर्ना अभियानमा विद्यार्थीहरुको सहभागिता उत्साहजनक भए पनि असार नलाग्दै पुनः विद्यालय भन्दा बाहिर जाने गरेकोले विद्यार्थीहरुलाई टिकाउने गरी योजना बनाएर अगाडि बढन शिक्षा समितिलाई निर्देशन दिएका छन् ।

अध्यक्ष शाहले नामका लागि मात्र दर्ता रहेका मदरसाहरुलाई खारेज गर्ने बताएका हुन् ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जुन सुकै बहानामा विद्यार्थीहरु बिचमै बिद्यालय छोड्नु राम्रो होईन । यसका लागि सम्बन्धीत बिद्यालय र अभिभावकलाई गम्भीर बन्न सुझाव दिए । उनले विद्यार्थी टिकाउन र गुणस्तरीय शिक्षा दिन नसक्ने विद्यालयलाई कारवाही गर्ने जिकिर गरे ।

योजना शाखा प्रमुख प्रकाश अधिकारीले लोक सेवाबाट आएका शिक्षकहरुलाई मनोपरी सहमति पत्र दिने काम बन्द गरी शिक्षाको गुणस्तर सुधार गर्न तर्फ केन्द्रीत हुन बिद्यालयका प्रधानाध्यपकहरुलाई आग्रह गरे ।

शिक्षा शाखा प्रमुख कृष्ण थारुले विद्यालय जाने उमेर समूहका कोही बालबालिका पनि विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै भव्यरुपमा घरदैलो अभियान संचालन गर्न शिक्षाहरुलाई निर्देशन दिए । शिक्षा शाखा प्रमुख थारुले मदरसा शिक्षालाई गाउँपालिकाले व्यवस्थित गर्ने तयारी गरेको बताउँदै २०८० को भर्ना अभियानमा असफल हुने मदरसा र विद्यालयलाई नियमानुसार कारवाही गर्ने जिकिर गरेका थिए ।

शिक्षा समितिका सदस्य एंव गाँउपालिका अध्यक्षका स्वकीय सचिव बिरजेन्द्र यादवले शिक्षा क्षेत्रमा हुने राजनितिलाई अन्त्य गरी गुणस्तरीय शिक्षा प्रदान गर्न तर्फ केन्द्रीत हुन सुझाव दिए । उनले नरैनापुरमा ३० वटा मदरसा र २१ वटा बिद्यालयमा १२ हजार विद्यार्थी रहेको बताए ।

नरैनापुर गाउँपालिकाले बिद्यार्थीहरुलाई बिद्यालयसम्म ल्याउनका लागि बस संचालन गरे पछि विद्यार्थीहरुको संख्य बृद्धि भएको शिक्षा समितिका सदस्य सन्तोष श्रीवस्तवले बताए ।

शिक्षा समितिको बैठकमा सहभागि शिक्षकहरुले कति पय विद्यालयहरुमा शिक्षकको अभाव र केही विद्यालयमा भवनको अभाव रहेको गुनासो गरे । गाँउपालिकाले आउने वर्ष देखि शिक्षक लागयतको समस्य हुन नदिने गरी तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ