वीरगन्ज, २९ चैत । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले उपेन्द्र यादवलाई पराजित गर्नुपर्ने बताएका छन् ।
आगामी वैशाख १० गते बारा निर्वाचन क्षेत नम्बर २ मा हुने उपनिर्वाचनमा उपेन्द्र यादवलाई हराउनुपर्ने बताएका हुन् । यादवलाई मधेश विरोधको संज्ञा दिँदै पूर्वमन्त्रीसमेत रहेका साहले उपनिर्वाचनमा उनलाई पराजित गर्नुपर्ने बताए ।
पार्टीको ईशनाथ नगरपालिकाको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सधैं मधेशी जनतालाई ठग्दै आएकाहरुलाई पराजित गर्नुपर्ने बताए ।
जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै उनले भने, ’सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले लखेटेको नेतालाई बाराका जनताले पनि पराजित गर्नेछन् ।’
भ्रष्ट तथा मधेसी विरोधी नेतालाई मतदान गर्नु आफ्नो अधिकार खेर फाल्नु सरह भएको उनले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया