काठमाडौं, ३० चैत । राष्ट्रिय एकता, राष्ट्रियता र मधेशवादप्रति समर्पित रही विगत १८ वर्षदेखि संघीय राजधानी काठमाडौंबाट निरन्तर प्रकाशित हुँदै आएको राष्ट्रिय साप्ताहिक मधेशवाणी पुनः ‘क’ वर्गमा परेको छ ।
बिहीबार प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष ०७७÷०७८ को पत्रपत्रिका वर्गीकरण मूल्यांकन नतिजा सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष ०७७÷०७८ मा वर्गीकरण मूल्यांकनका लागि ८६८ पत्रपत्रिकाले आवेदन प्रेस काउन्सिलमा दिएका थिए ।
जसमध्ये ‘क’ वर्गमा २४५, ‘ख’ वर्गमा ३४८, ‘ग’ वर्गमा १११ र ‘घ’ वर्गमा १७ वटा पत्रिका परेका छन् ।
यस्तै, अंक तथा कागजात नपुग भएकाले १४७ पत्रपत्रिकाको वर्गीकरण नतिजा स्थगन गरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
तपाईको प्रतिक्रिया