काठमाडौं, ३० चैत । नेपालीहरुको नयाँ वर्ष २०८० को उपलक्ष्यमा हिन्दू परिषद् नेपाल उपत्यका कमिटीले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।
बिहीबार काठमाडौंस्थित मधेश मिडियामा परिषद्को उपत्यका कमिटीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष सन्तोषानन्दजी महाराजले विशेष सम्बोधन गरेका थिए ।
केन्द्रीय अध्यक्ष महाराजले सनातन हिन्दू धर्मको रक्षा, हिन्दू राष्ट्र स्थापना, धर्म संस्कृतिको जगेर्ना लगायतका विषयमा जोड दिएका छन् ।
उनले धर्म परिवर्तन, गौ हत्या, लव जिहाद जस्ता कुकृत्यलाई नियन्त्रण गरिनुपर्ने बताउँदै त्यस्ता कार्यमा संलग्नलाई सरकारले अविलम्ब नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।
यसैगरी, परिषद्का उपत्यका कमिटी अध्यक्ष वीरेन्द्र ठाकुरको अध्यक्षतामा भएको शुभकामना आदान–प्रदान कार्यक्रममा परिषद्की केन्द्रीय उपाध्यक्ष पिंकी महासेठ, महासचिव रामशोभित नायक, सचिव सुनिल गुप्ता, केन्द्रीय सदस्य उपेन्द्र झा, सन्तोष बस्नेत, अनिल यादव, हिन्दूवादी अगुवा पुष्पराज पुरुष, ध्रुव लुइटेल, दिपिका साह, गिरीराज पुरुष, सुनिता केसी, महेश्वर बाबा, पिंकी रौनियार, नन्दा यादव, अभिनास यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यस्तै, शुभकामना कार्यक्रमको सहजीकरण उपत्यका सचिव दिवस पटेलले गरेका थिए ।




तपाईको प्रतिक्रिया