ब्राउनसुगरसहित युवक पक्राउ

समाचार

बाँके, १ बैशाख । नेपालगंज उपमहानगरपालिका–२० स्थित बाँके बिमानस्थलबाट अवैध लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्रामसहित कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने २२ वर्षीय अमुल क्षेत्रीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षामा खटिएको प्रहरीले श्री एयरलायन्सको बिमानद्वारा काठमाडौंतर्फ जान लागेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ