पर्सा, १ बैशाख । वीरगंज महानगरपालिका–३१ कटगेलवामा ट्याक्टरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ग.१ त ४१६७ नम्बरको ट्याक्टरले ना.४६ प ४३०२ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार सोही महानगरपालिका–३२ नौका टोल बस्ने ५० वर्षीय हरदेव साहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पताल बयोधा गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया