माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

समाचार

रौतहट, १ बैशाख । गढिमाई नगरपालिका–३ स्थित लक्ष्मीपुर घाटमा घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा सोही ठाउँ बस्ने रसिद अन्सारीकी छोरी ११ वर्षीया अफ्रिदा नेसाको शुक्रबार बिहान मृत्यु भएको छ ।

उक्त ठाउँमा माटोको ढिस्को खसेर मानिसहरु पुरिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय र प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा माटोले पुरिएर मृत्यु भएको अवस्थामा नेसाको शव फेला पारेको हो ।

साथै पुरिएर घाइते भएका अन्य ३ जनाको उद्दार गरी उपचारको लागि हेल्थल्याण्ड अस्पताल गरुडामा पठाएकोमा १ जनाको सोही अस्पतालमा र अन्य २ जनालाई थप उपचारको लागि भवानी अस्पताल वीरगंजतर्फ रिफर गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ