बारा, १ बैशाख । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले आफ्नै माटोसँग जोडिएको उम्मेदबार नजिते विकास नहुने बताएका छन् ।
अध्यक्ष डा.राउतले २०७४ र २०७९ मा निर्वाचनमा जसपाले पनि बारा–२ मा बाहिरिया उम्मेदवार रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाएको र चुनावसमेत जिताएको आरोप लगाए ।
उनले बारा निर्वाचन क्षेत्र नम्बर २ मा आक्कलझुक्कल स्थानीय उम्मेदवार विजयी हुनुबाहेक पछिल्ला चारवटा निर्वाचनमा बाहिरिया उम्मेदवार नै विजयी भएको उल्लेख गरेका छन् ।
बाराका जनताले सही निर्णय गर्ने बेला आएको उनले बताएका छन् ।
तपाईको प्रतिक्रिया