खैरो हेरोइनसहित एक जना पक्राउ

समाचार

मोरङ, २ बैशाख । विराटनगर महानगरपालिका– १५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ७२ मिलिग्रामसहित सुन्दरहरैचा नगरपालिका–१० बस्ने ३० वर्षीय सागर बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प ६४९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकल चालक उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ