रुपन्देही, २ बैशाख । देवदह नगरपालिका–१ भवरावारीमा लु.१ ह ३८१४ नम्बरको अटो र लु.५२ प ५०३३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार देवदह नगरपालिका–२ बस्ने २३ वर्षीय युवराज सारु मगर र अटोमा सवार नवलपरासी सुनवल नगरपालिका–८ बस्ने २५ वर्षीया दिलमाया सुनार रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल र अटोमा सवार अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिररहेको छ ।
तपाईको प्रतिक्रिया