मोरङ, २ बैशाख । रंगेली नगरपालिका–३ आमतोलास्थित सडकमा प्र १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा ग्रामथान गाउँपालिका–५ तेतरीया बस्ने ६० वर्षीया बैशाखी चौधरी र सोही ठाउँ बस्ने ५१ वर्षीया रिता कुमारी माझी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते रिता कुमारीको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो भने बैशाखीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका अन्य १७ जनाको रंगेली अस्पताल र गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया