कपिलबस्तु, २ बैशाख । शिवराज नगरपालिका–११ भदौखर्कस्थित रुकु बढईको गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
उक्त आगो फैलिएर आगलागी हुँदा सोही ठाउँ बस्ने मुर्ता कुर्मीको गोठ, मगरे यादवको घरको झ्यालढोका र जमन नाउको गोठ समेत जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया