उपनिर्वाचनपछि मधेशका मुख्यमन्त्री बहिर्गमन हुँदै : डा.राउत

समाचार

काठमाडौं, ३ बैशाख । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बैशाख १० को उपनिर्वाचनपछि मधेश प्रदेशका मुख्यमन्त्रीको बहिर्गमन हुन लागेको दाबी गरेका छन् ।

डा.राउतको सचिवालयले शनिबार सामाजिक सञ्जालमार्फत् यस्तो दाबी गरेका हो ।

डा.राउतले भनेका छन्, ‘यहाँ प्रधानमन्त्री आफैं त कति दिन टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैं बहिर्गमन हुँदैछ।’

यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ नरहेको उनको जिकिर छ ।

‘जसपाका आफ्नै मुख्यमन्त्री र संघीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु। चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको ।’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ