सामाजिक अभियन्ता राय ‘प्रवल जनसेवा श्री’ मानपदवी बाट विभूषित

समाचार

काठमाडौं, ३ बैशाख । राष्ट्रपतिबाट सामाजिक अभियन्ता सरोज राय ‘प्रवल जनसेवा श्री’ मानपदवी बाट विभूषित भएका छन् ।

संविधान दिवस २०७९ को अवसरमा घोषणा गरिएको मानपदवी, अलङ्कार र पदक पाउने सूचीमा अभियन्ता रायको पनि परेका थिए ।

नयाँ वर्षको अवसरमा बैशाख १ गते शुक्रबार राष्ट्रपति कार्यलय शितलनिवासमा विभुषण सुशोभन समारोह आयोजना गरिएको थियो ।

सामाजिक कार्यमा उल्लेखनिय कार्य गरेको वापत नेपाल सरकारले अभियन्ता रायलाई यो मानपदवी प्रदान गरेको छ ।

सुशोभन समारोहमा अभियन्ता रायले तराई–मधेशमा लगाइने आफ्नो परम्परा र संस्कृति झल्काउने पोशाकमै राष्ट्रपतिबाट मानपदवी ग्रहण गरेका हुन् ।

विगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेका सरोज रायले विभिन्न देशमा अलपत्र परेका वैदेशिक रोजगारमा गएकाहरुलाई रेस्क्यू गर्नेदेखि हराएका बालबालिका पनि खोजेर ल्याई दिने काम गर्दै आएका छन् ।

साउदी, बंगलादेश, दुवइ, भारतलगायत विभिन्न देशबाट अप्ठेरोमा परेकालाई उधार गर्नुको साथै देशमै हुने विभिन्न विपत्तिमा परेकालाई उद्धारको गर्नुको साथै पीडितलाई राहत समेत प्रदान गर्दै आएका छन् ।

चुरे तथा वन जंगल संरक्षण, भूमिहीन सुकुम्वासी समस्या, वैदेशिक रोजगारको समस्या लगायतका विभीन्न सामाजिक मुद्दाहरूको उठानको साथ अभियन्ता रायले निरन्तर आन्दोलनहरू गर्दै आएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ