काठमाडौं, ३ बैशाख । बारा २ को उपनिर्वाचन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ भन्दा पनि बढी मतले पराजित हुने दाबी जनमत पार्टीका नेता बीपी साहले गरेका छन् ।
बारा २ का जनताले बाहिरिया स्वीकार नगर्ने बताउँदै उनले बारावासीले धर्तीपुत्रलाई नै जिताएर संसदमा पठाउने बताएका हुन् ।
जसपा अध्यक्ष यादवमाथि विभिन्न आरोपहरुसमेत नेता साहले लगाएका छन् ।
नेता साहले भनेका छन्, ‘के संसदमा उनको चार महिनादेखिको अनुपस्थितिले संघीयता समाप्त भयो ? समावेशिता सक्यो ? बरु, उनले मन्त्री बन्न समावेशितालाई समाप्त पार्यो । यस्तालाई बारा २ का जनताले पुनः हराउँदैछ ।’
तपाईको प्रतिक्रिया