ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

समाचार

सुनसरी, ३ बैशाख । दुहबी नगरपालिका–१ प्राष्टोकीस्थित भित्री सडकमा प्रदेश १–०२–००३ त २५८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ट्याक्टर आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक हरीनगरा गाउँपालिका–१ बस्ने २५ वर्षीय एहसान अनसारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टरका सह–चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ