शहीद परिवारलाई ५० लाख दिने उपेन्द्रको घोषणा कहाँ गयो ? : सांसद साह

समाचार

बारा, ३ बैशाख । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ज्वाला कुमारी साहले मधेश आन्दोलनमा उपेन्द्र यादवले मधेशीहरुलाई मर्न लगाएको आरोप लगाएकी छन् ।

बारा २ को उपनिर्वाचनमा घरदैलो कार्यक्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएकी हुन् ।

उनले मधेश आन्दोलनका क्रममा मृत्यु हुने परिवारलाई ५० लाख रुपैयाँ दिने उपेन्द्र यादवले घोषणा गरेको जिकिर गरे । उपेन्द्रले मधेशी जनतालाई ठग्दै आएको साहको भनाइ छ ।

उनले भने, ‘उपेन्द्रले शहीद परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेर भैंसी मात्र दिए । बेटी बचाउ बेटी पढाउ कार्यक्रममा आर्थिक अनियमितता गरे ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ