उपेन्द्र यादवलाई मधेशवाद नै थाहा छैन : डा.राउत

समाचार

बारा, ३ बैशाख । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले उपेन्द्र यादवले मधेशलाई अधिकार दिलाउन नसक्ने दाबी गरोका छन् ।

बारा २ उपनिर्वाचनको क्रममा घरदैलो कार्यक्रममा डा.राउतले भने, ‘उपेन्द्र यादवलाई मधेशवाद के हो भन्ने कुरा थाहा छैन । त्यस्ताले मधेशको अधिकार कसरी दिलाउँछ ।’

उपेन्द्र यादवले मधेश आन्दोलनका शहीदलाई बेचेको आरोपसमेत डा.राउतले लगाएका छन् ।

उनले बारा २ का मतदाताले बाहिरिया उम्मेद्वार नस्वीकार्ने र यहाँका धर्तीपुत्रलाई नै विजय बनाउने ठोकुवासमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ