मोरङ, ४ बैशाख । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
जस्तो देखिने पदार्थ करिब ६५ मिलिग्रामसहित पाँचथर तुम्बेवा गाउँपालिका–३ बस्ने ३० वर्षीय भानु लावतीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ६५९० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया