करेन्ट लागेर मृत्यु

समाचार

कैलाली, ४ बैशाख । गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने ५२ वर्षीय पटिङ्गो धामीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

चापाकलको मोटरमा जडान गरेको बिजुलीको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि मायाँ मेट्रो अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मुत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ