बारा, ४ बैशाख । जनमत पार्टीका केन्द्रीय सदस्य डा.सुवन्त कुशवाहाले बाराबासीले उपनिर्वाचनमा धर्तीपुत्रलाई जिताउने दाबी गरेका छन् ।
बैशाख १० गते हुन गइरहेको बारा २ को उपनिर्वाचनमा जनमतका उम्मेद्वार शिवचन्द्र कुशवाहालाई भारी मतले विजयी गराउने बताएका हुन् ।
उनले टुरिस्ट उम्मेद्वारहरु जो विभिन्न जिल्लाहरुबाट धपाइएका छन्, तिनलाई बाराबासीले नस्वीकार्ने बताए ।
‘जसपाका अध्यक्ष उपेन्द्र यादवलाई मोरङ, सुनसरी र सप्तरीका मतदाताले धपाएका छन् र बाराबासीले पनि धपाउनेछन्,’ उनले भनेका छन् ।
मधेशको २२ जिल्लालाई समग्र मधेश एक प्रदेशको नारा दिएर मधेशलाई आठ जिल्लामा खुम्च्याइ मधेशी जनतालाई धोका दिएको उनले आरोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया