उपेन्द्रजी भाग्दा–भाग्दै हैरान हुनुभएछ : लालबाबु पण्डित

समाचार

बारा, ४ बैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले उपेन्द्र यादव भाग्दा–भाग्दै हैरान भएको बताएका छन् ।

एमालेको चुनावी सभामा सम्बोधन गर्दै नेता पण्डितले उपेन्द्र यादव मोरङ, सुनसरी र सप्तरीबाट भाग्दा–भाग्दै अब बारा आइपुगेको बताएका हुन् ।

‘उपेन्द्रजी एक चोटि जितेपछि केही गर्नु पर्दैन, फर्केर जानुपर्दैन, नयाँ ठाउँ खोजिहाल्नुहुन्छ’, उनले भने, ‘उहाँ किन भाग्नुप¥यो भनेर सोध्नुहोला ।’

उपेन्द्रजी बोलेको कुरा व्यवहारमा नदेखाउँदा भाग्दा–भाग्दा हैरान, अनि सरकारमा च्याँखे थाप्दा–थाप्दा हैरान, उपप्रधानमन्त्री र मन्त्री पनि हुनुभएको छ । विदेश घुम्दा–घुम्दा हैरान हुनुभएको छ ।’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ