मध्यपुर्व क्षेत्रीय स्वास्थ्य सचेतना र सल्लाह कार्यक्रम सम्पन्न

समाचार

काठमाडौं, ५ बैशाख । गैरआवासीय नेपाली संघको महिला विभाग अन्तर्गतको महिला स्वास्थ्य तथा शिक्षा कार्यदलले “मध्यपुर्व क्षेत्रीय स्वास्थ्य सचेतना र सल्लाह कार्यक्रम” जुममार्फत सम्पन्न गरेको छ ।

यस कार्यक्रममा स्वास्थ्य विज्ञहरुले पछिल्लो समय स्वास्थ्य समस्या र त्यसका कारण आत्महत्याजस्ता गम्भीर घटनाहरु बढीरहेकोमा चिन्ता व्यक्त गर्दै ती समस्या सम्बोधनका लागि गम्भीर भएरअघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमा स्वास्थ्य विज्ञहरु डा नितेश अर्याल, डा सुमित्रा पाठक, डा निशिता पाठक लगायतका स्वास्थ्य विज्ञहरुले नेपालसहित मध्यपूर्वीय साथै विश्वका विभिन्न क्षेत्रमा देखा परेका स्वास्थ्य समस्याका साथै मानसिक स्वास्थ्यका बारेमा अध्ययनपत्र प्रस्तुत गर्दै नेपालसहित विदेशमा रहेका नेपालीहरुमा मानसिक स्वास्थ्य समस्याको जोखिमको क्रम बढ्दो रुपमा रहेकोप्रति सचेत गराएका थिए ।

उनीहरुले नेपालमा मात्रै नभई डायस्पोरामा रहेका नेपालीमा पनि मानसिक स्वास्थ्य समस्या विकराल बन्दैगएको भन्दै उक्त स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ