विभिन्न लागूऔषधसहित एक जना पक्राउ

समाचार

पर्सा, ५ बैशाख । वीरगंज महानगरपालिका–१५ प्रतिमा चोकबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

नाईट्राभेट ९० ट्याब्लेट, एकसय एमएलको वानरेक्स ५ बोतल र लागूऔषध चरेस जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित मकवानपुर हेटौंडा उपमहनागरपालिका–११ बस्ने ३१ वर्षीय बिकी बिकलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.७ प ६८१४ नम्बरको मोटरसाइकल चालक बिकलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ