सुनसरीमा आगलागीबाट ७ जनाको घर जले

समाचार

सुनसरी, ५ बैशाख । जिल्लाको कोशी गाउँपालिका–७ मुसहरी टोल बस्ने ६० वर्षीय चन्द्र सदाको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सात जनाको घर जलेको छ ।

सोमबार दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर सदा लगायत ७ जना मानिसहरुको घरमासमेत आगलागी हुँदा ७ जनाको घर र विभिन्न सरसामान जलेर करिब ११ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ