‘उपेन्द्र यादव पैसाको खोला बगाइरहेका छन्’

समाचार

बारा, ५ बैशाख । बैशाख १० गते हुन गइरहेको बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उम्मेद्वार उपेन्द्र यादवले पैसाको खोला बगाइरहेको आरोप लागेको छ ।

विभिन्न समाजिक सञ्जालमार्फत् जनमत पार्टीका नेताहरुले आरोप लगाइरहेका छन् ।

उपेन्द्र यादवले पटक–पटक मन्त्री बनेको, समानुपातिक सांसदको पद बेचेको, मधेशको मुद्दा बेचेको, शहीद परिवारलाई ठगेको लगायतका आरोपहरु सामाजिक सञ्जालदेखि विभिन्न सञ्चार माध्यमबाट लगाइरहेका छन् ।

उपेन्द्रको विरुद्धमा जनमत पार्टी लगायतका आम जनता पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेद्वार र नेता कार्यकर्ताहरुले यस्ता आरोप लगाइरहेका छन् ।

जनमतका एक नेताले सञ्चारमाध्यममा भनेका छन्, ‘खाई उपेन्द्र के आ भोट दिई शिवचन्द्र के ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ