जनकपुरधाम, ५ बैशाख । मधेश प्रदेशको सबै डिलर÷डिपोमा ५२ हजारभन्दा बढी मेट्रिक टन मलखाद व्यवस्थापन गरिएको छ ।
मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई.बसन्त कुशवाहाको प्रयासमा आउँदो धान बालीको लागि प्रदेशका सबै मलखाद डीलर÷ डिपोको मार्फÞत ५२,२०० मेट्रिक टन रासायनिक मल (यूरिया, डीएपी र पोटास) ब्यवस्थापन गरिएको हो ।
यो मात्रा बिगत वर्षको यसै समयको तुलनामा दोब्बर भन्दा बढ़ी रहेको मन्त्री ई.कुशवाहाले जनाएका छन् ।
मन्त्री कुशवाहाका अनुसार सो मलखाद सबै डीलर÷डिपोबाट यही आसार १ गतेबाट उपलब्ध हुने छ।
‘यसपाली देखी सबै डीलर÷डिपोले को–को व्यक्तिलाई मलखाद बिक्री गरेको रिकार्ड मोबाइल नम्बर समेत राखी कृषि मन्त्रालयमा उपलब्ध गराउने छ। सो तथ्यांक नागरिक ऑडिटको लागि समेत प्रकाशन गरिने छ,’ मन्त्री कुशवाहाले भनेका छन् ।
तपाईको प्रतिक्रिया