उपेन्द्र यादव आफ्नो मुद्दाबाट विचलित भइसके : पटेल

समाचार

बारा, ५ बैशाख । जनमत पार्टीका नेता शिवनाथ पटेलले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्नो मुद्दाबाट विचलित भइसकेको आरोप लगाएका छन् ।

केही दिन अगाडि जसपा परित्याग गरी जनमत पार्टी प्रवेश गरेका पटेलले यस्तो आरोप लगाएका हुन् ।

उनले उपेन्द्र यादव समावेशिता, संघीयता लगायतका मधेशको मुद्दा परित्याग गरी सत्तालोलुप भइसकेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘उपेन्द्र यादवलाई मधेशवाद भनेको के हो भन्ने थाहा नै छैन भने त्यस्तालाई बारावासीले हराएर पठाउने छन् ।’

आगामी दिनमा उपेन्द्र यादवबाट कुनै पनि परिवर्तन हुन नसक्ने ठोकुवा नेता पटेलले गरेका छन् ।

‘झुठा र पदलोलुप नेतालाई बारा २ का जनताले तिरस्कार गरी सप्तरीका जनताको सम्मान गर्नेछन्,’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ