कपिलवस्तु, ६ बैशाख । नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा कपिलवस्तुको छैठौं अबिधेशनबाट निर्वाचित शाखा समितिको पहिलो बैठकले आँखा अस्पतालको ओपिडी शुल्क घटाउने निर्णय गरेको छ ।
शाखा सभापति मनोज कुमार श्रीवास्तवको सभापतित्वमा सम्पन्न बैठकले संघले सञ्चालन गरेको तौलिहवा आँखा अस्पतालको हालसम्मको ओपिडी शुल्क १ सय रहेकोमा सो शुल्क घटाएर ८० रुपैया कायम गर्ने निर्णय गरेको हो ।
त्यसै गरि बैठकले मिथुला उपाध्याय, मिठाईलाल हरिजन, खग प्रसाद चापागाई र कपिलवस्तु नगरपालिकाबाट प्रतिनिधीका रुपमा आएका भएका रुद्र बहादुर गैरे (प्रकाश गैरे) लाई सदस्य मनोनयन गरेको छ ।
त्यसै गरि समिति बैठकले पदाधिकारीहरु तर्फ उपसभापतिमा रामनिवास चौधरी, सचिवमा जनार्दन पराजुली, कोषाध्यक्ष बिरेन्द्र कुमार वर्मा, सहकोषाध्यक्षमा रिता मिश्रा र सहसचिवमा मुख्तार अहमद खाँलाई चयन गरेको छ ।
सो अवसरमा बोल्दै निर्वतमान सभापति रमेश शर्माले निर्वाचित समितीले सबै सँग सहकार्य गरि संघ र तौलिहवा आँखा अस्पतालको बिकासमा अगाडी बढ्नु पर्ने सुझाव दिए ।
नेत्र ज्योती संघ बिशुद्ध परोपकारी सामाजिक संस्था भएकाले परोपकारको भावनाका साथ सामाजिक कार्य गर्न तल्लिन रहने सभापति श्रीवास्तवले प्रतिबद्ध थिए ।
कार्यक्रम कै बिच खेलाडी र अफिसियलले सपथ समेत खाएका थिए । कार्यक्रममा प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी, नेपाली सेनाका सेनानी पुर्ण बहादुर तामाङ, प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल, उप सचिव हरि प्रसाद ज्ञवाली, ब्याडमिन्ट संघका जिल्ला अध्यक्ष दिनेश हमाल लगायको सहभागतिा थियो ।
तपाईको प्रतिक्रिया