ब्राउनसुगरसहित कैलालीमा तीन जना पक्राउ

समाचार

कैलाली, ६ बैशाख । जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनुगरसहित तीन जना पक्राउ परेका छन् ।

लम्कीचुहा नगरपालिका–४ कौवापुर खल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय शमिर अधिकारी र २४ वर्षीय प्रकाश ओली रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, लम्कीचुहा नगरपालिका–९ सोहनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ४८० मिलिग्रामसहित सोही नगरपालिका–१ लम्की बस्ने २३ वर्षीय राजु चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ