पर्सा, ६ बैशाख । वीरगंज महानगरपालिका–८ लिंकरोडस्थित सांग्रीला बैंक अगाडिबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो पक्राउ पर्नेहरूमा बारा परवानीपुर गाउँपालिका–३ बस्ने ३४ वर्षीय कृष्ण प्रसाद सोनार र ३९ वर्षीय सुनिल साह कानु रहेका छन् ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया