बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

समाचार

महोत्तरी, ६ बैशाख । गौशाला नगरपालिका–१ रेलवेट्रयाकस्थित सडकमा बा.३ ख २३९६ नम्बरको बस र मधेश प्र.०१–००४ प. ६८१९ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर बुधबार दिउँसो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सिरहा कल्याणपुर नगरपालिका बस्ने २६ वर्षीय अमृत मण्डल, उनकै श्रीमती २४ वर्षीया अंजु मण्डल र उनकै भतिजी ५ वर्षीया अंशु मण्डल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ