नागरिकता विधेयक छिटो पास गरौं : आचार्य

समाचार

कपिलवस्तु, ६ बैशाख । प्रतिनिधिसभा सदस्य सुरेन्द्र राज आचार्यले नागरिकता विधेयक छिटै पास गर्नको लागि माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयको प्रयोग गरि सभामुख मार्फत उनले सरकार र सबै दलहरुलाई आग्रह गरेका हुन् ।

बैठकमा वोल्दै आचायर्यले तत्कालीन सरकारले पेश गरेको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पास भएर गएपनि राष्ट्रपतिबाट स्वृकीत नहुंदा लाखौ तराईका नागरिक हुनबाट बन्चित भएको बताए ।

दुवै सदनवाट नागरिकता विधेयक पास नहुंदा तत्काल सदन वाट विध्ेयक पास भएर तराईमा दिपावली गरेपनि त्यसले सार्थक पाउन नसकेको आचार्यले बताए ।

सबै दल मिलेर नागरिकताको समस्या तत्काल पास गर्न आग्रह गरेका छन् । राजनीतिक दलहरु मिलेर तत्काल नागरिकताको समस्या समाधान गर्न सांसद आर्चायले ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ