बारा, ६ बैशाख । बारा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार पुरुषोत्तम पौडेल आफूले जिते यस क्षेत्रका सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले मधेशको मसिहा भनेर चिनाउने उपेन्द्र यादवको पार्टी जसपा पटक–पटक जित्दै आयो तर कुनै काम नगरेको उनको आरोप छ ।
बारा निर्वाचन क्षेत्र नं. २ मा हुन गइरहेको उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र पनि छन् । उनलाई पाँच दलको समर्थन रहेको छ ।
उनलाई जति दलको समर्थन रहे पनि यसपटक यहाँका जनताले हराएर पठाउने पौडेलले दाबी गरेका छन् ।
नेकपा एमाले यहाँ जिते भने यहाँका आधारभूत समस्याहरुलाई प्राथमिकतामा राखेर समाधान गराउने उनको तर्क छ ।
तपाईको प्रतिक्रिया