बारा, ६ बैशाख । जनमत पार्टीका नेता डा.शरदसिंह यादवले जसपाका अध्यक्ष उपेन्द्र यादव स्वघोषित मसिहा रहेको टिप्पणी गरेका छन् ।
सञ्चारकर्मीसँगको कुराकानीमा उनले मसिहा भनेको धेरै ठूलो कुरा रहेको तर उपेन्द्र यादव आफूलाई मसिहा भनेर प्रचार गर्नु मसिहा शब्द उपहास रहेको बताउँछन् ।
उनले सप्तरीमा उपेन्द्रले विगतमा जिते पनि कुनै पनि काम नगरेकोले पछिल्लो आमचुनावमा दोब्बरभन्दा बढी मतले सप्तरीका जनताले पराजित गरेको उनको तर्क छ ।
‘मधेशका २२ वटा जिल्लाका लागि मधेश आन्दोलन भएको थियो । तर, उपेन्द्रले ८ जिल्लामा मधेशलाई सीमित गर्नुभयो । हामीले संविधान संशोधनको कुरा गर्दै थियौं तर उहाँले पुनर्लेखनको कुरा गर्नुभयो ।’ उनले भनेका छन् ।
उपेन्द्र यादवले जनतालाई ढाँट्ने, मत लिने, काठमाडौंमा गएर त्यो मत बुझाउने र एक दुई थान मन्त्री बन्ने बाहेक केही पनि नगरेको डा.यादवको आरोप छ ।
साथै, उनले यादव नेताहरुको राजनीतिक उपेन्द्रले गरेको आरोपसमेत लगाएका छन् ।
तपाईको प्रतिक्रिया