केही यादव नेताहरुले सबै यादव जातिलाई बदनाम गर्दैछन् : ज्ञवाली

समाचार

बारा, ७ बैशाख । आम जनता पार्टीको तर्फबाट बारा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अरुण ज्ञवालीले केही यादव नेताहरुले सबै यादव जातिलाई बदनाम गरिरहेको आरोप लगाएका छन् ।

मौन अवधिको पूर्वसन्ध्यामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले केही यादव थर नेताहरुले सबै यादवलाई बदनाम गर्न लागेको बताएका हुन् ।

यसैगरी, जनमत पार्टीका अध्यक्ष डा.सीके राउतप्रति इंगित गर्दै ज्ञवालीले भने, ‘एउटा झुल्फीवाला बाबा यहाँ आएर यादव भर्सेस गैरयादवको नारा लगाइरहेका छन् ।’

उनले आफूसँग विकास, समृद्धि र महिलाहरुका विशेष योजना रहेको बताउँदै यहाँ महिलाहरु पनि आफूलाई नै मतदान गर्ने दाबी गरेका छन् ।

उनले यहाँ जनताले बाहिरिया र फिरंगीहरुलाई हराएर पठाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ