बारा, ७ बैशाख । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अध्यक्ष उपेन्द्रप्रति लक्षित गर्दै आफ्नो जिल्लामा जित्न नसक्ने अहिले बारामा चुनाव लड्न आएको बताएका छन् ।
बुधबार चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपेन्द्र यादवलाई मोरङ, सुनसरी र सप्तरीका जनताले एक पटक जिताए पनि दोस्रो पटक पराजित गरेको जिकिर गरेका छन् ।
उनले भने, ‘जातपातका कुरा गरेर एक पटक जिते तर केही गर्न नसकेपछि दोस्रो पटक हराएका छन् ।’
उनले आफूले एक पटक जितेको ठाउँमा उपेन्द्र यादव दोहो¥याएर नजानुको कारण जनताले उनको ठगी धन्दा थाहा पाइसकेको बताएका हुन् ।
अध्यक्ष ओलीले एमालेसँग विकासका एजेण्डा रहेकोले जनताले एमालेलाई नै जिताउने दाबी गरेका छन् । उनले आफ्नो सरकारको बेला सयौं विकास निर्माणका कार्यहरु गरेको पनि सुनाए ।
तपाईको प्रतिक्रिया