विभिन्न सुनका गरगहनासहित दुई जना पक्राउ

समाचार

बाँके, ७ बैशाख । नेपालगंज उपमहानगरपालिका–४ न्यूरोडबाट ४ किलो ९२७ ग्राम २१८ मिलिग्राम तौल भएको सुनको जस्तो देखिने विभिन्न गरगहनासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका–९ बस्ने ४२ वर्षीय रमेश सोनी र सोही ठाउँ बस्ने ३६ वर्षीय प्रकाश ठाकुर रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गरगहनासहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ