जनकपुरधाम, ७ बैशाख । दाइजोको निहुँमा फेरि एक महिलामाथि आगलागी भएको भएको छ ।
२८ वर्षीया श्वेता झालाई उनका श्रीमान्, सासु र देवरले दाइजोको निहुँमा आगो लगाएका छन् । बैशाख १ गते श्रीमान् राजीव झा, सासू द्रौपदी झा र देवर कमलेश झाले मिलेर यो हालत बनाइदिएको उनी बताउँछिन् । आगलागीबाट उनको आधा शरीर जलेको हो ।
प्रादेशिक अस्पताल जनकपुरधामको ‘बर्न वार्ड’ मा उनको उपचार भइरहेको छ । पेटदेखि तल्लो भागसम्म ३५ प्रतिशत जलेको चिकित्सकले बताएका छन् ।
उनका अनुसार घटना वैशाख १ गतेको हो। देश नयाँ वर्षको आगमनले उल्लासमय थियो। श्वेता भने घरमा चरम शारीरिक हिंसामा परिन्।
केही आफन्तले उद्धार गरेर उनको ज्यान बच्यो । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा घर भएकी श्वेताको माइत भारतमा छ ।
उनको १८ वर्षकै उमेरमा राजीवसँग २०६९ वैशाख ४ गते विवाह भयो । त्यसको १० वर्षसम्म श्रीमान् र परिवारबाट यातना र हिंसा भोग्नुप¥यो । माइतीले २ लाख ५० हजार भारतीय रूपैयाँ दाइजो दिएका थिए ।
तर, राजीवको परिवारले तीन तोला सुनको माग राख्यो । त्यत्ति बेला त श्वेताका बुवाले बिस्तारै सुन दिने भनी कुरा टारे। तर, उनले माग पूरा गर्न सकेनन् । र, श्वेतामाथि घरमा यातना सुरू भयो ।
तपाईको प्रतिक्रिया